काठमाण्डौ । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमीटेड र प्रभु बैंक लिमीटेड बीच भदौ १३ गते कर्मचारीको दक्षता वृद्धिका लागि तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौताअनुसार एन.बी.आईले प्रभु बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौताअनुसार प्रभु बैंकले आफ्ना कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउनेछ ।

सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाबीच हस्ताक्षर गरेका छन् ।