काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभू बैंकले खूद नाफातर्फ करिब ७२ प्रतिशतले छलाङ मारेको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ८७ लाख खूद नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिमा ५९ करोड ८४ लाख नाफा आर्जन गरेको हो । 

कम्पनीको रेगुलेटरी एड्जस्टमेन्टपछिको फ्री प्रफिट ६४ करोड ३१ लाख रुपैयाँको उचाईमा पुर्याएको छ । अघिल्लो वर्ष यस्तो प्रफिट २५ करोडमा सीमित थियो । यसको अर्थ फ्रि प्रफिटतर्फ प्रभू बैंकले करिब १५७ प्रतिशतको फड्को मारेको छ । 

प्रभू बैंकले संचालन मुनाफातर्फ पनि राम्रो प्रगति भएको छ । अघिल्लो वर्ष यही अवधिमा ४४ करोड रहेको यस्तो मुनाफा बढेर यो वर्ष ८१ करोड ७२ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानीतर्फ ४८ प्रतिशतले फड्को मारी १ अर्ब १३ करोड आर्जन गरेको छ । 

बैंकले यो अवधिमा १ खर्ब ३ अर्ब निक्षेप संकलन गरी ८६ अर्ब बढी कर्जा परिचालन गरेको छ । बैंकले निक्षेपतर्फ २४ प्रतिशत र  कर्जातर्फ २९ प्रतिशतको प्रगति गरेको हो ।

अघिल्लो वर्षको यही अवधिमा ३ अर्ब ९६ करोडमा सीमित रिजर्बकोषको आकार बढाई बैंकले ४ अर्ब ८५ करोडको उचाई चुमाएको छ भने ४.२३ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर २.५१ प्रतिशतमा सीमित गर्ने सफलता पाएको छ । 

नाफामा राम्रो वृद्धि गरेका कारण प्रभू बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७२ पैसाबाट बढेर २९ रुपैयाँ ७ पैसा कायम भएको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५९.०१ र मूल्य आम्दानी अनुपात ८.२९ गुणा कायम भएको छ ।