काठमाण्डौ । प्रभू बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १०.२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

बैंकको पुस २२ गते बसेको संचालक समितिको १३५ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ५.२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

घोषित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । 

यो बैंकका सेयरधनीले विगत ७ वर्षदेखि लाभांश खान पाएका थिएनन् । यसअघि ०६६ ६७ मा यो बैंकले सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।