काठमाण्डौ । प्रभू बैंक लिमीटेडले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसर पारेर ग्राहकहरुका लागि पिबिएल मास्टरकार्ड (PBL Mastercard) सञ्चालनमा ल्याएको छ । 

पुस २६ गतेका दिन काठमाण्डौस्थित सोल्टी होटेलमा आयोजित एक समारोहमा पिबिएल मास्टरकार्डको औपचारिक शुभारम्भ गरिएको हो । 

डिजिटल पेमेन्ट क्षेत्रमा ख्यातिप्राप्त अन्तर्राष्ट्रियस्तरको कार्ड कम्पनी मास्टरकार्ड र नेपालस्थित प्रभु बैंक लिमीटेडको साझेदारीमा इएमभी चिपमा आधारि कार्ड संचालनमा ल्याइएको हो ।

यो कार्डको औपचारिक शुभारम्भ समारोह प्रभु बैंक लिमीटेडका सञ्चालक समितिका अध्यक्ष देविप्रकाश भट्टचनको अध्यक्षतामा भएको थियो । 

समारोहमा प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेचरनले बैंकले मास्टरकार्डसँगको साझेदारीमा यो कार्ड सेवा सञ्चालनमा ल्याएको तथा यस कार्डबाट बैंकका ग्राहकहरुले सुरक्षित र सरल तरिकाबाट बैंकिङ्ग कारोबार गर्न सक्ने बताए । 

सो अवसरमा मास्टर कार्ड दक्षिण एशिया डिभिजन प्रमुख पोरुस सिंहले प्रभु बैंकसँगको साझेदारीमा नेपालमा इएमभी चिपमा आधारित मास्टरकार्ड सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।

सो अवसमार बैंक सञ्चालक समितिका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष देविप्रकाश भट्टचनले अन्तर्राष्ट्रिय सञ्जाल रहेको मास्टरकार्ड मुख्य एजेण्टको रुपमा रहेको प्रभु बैंकले भविष्यमा थप सहायक एजेण्टहरु नियुक्त गर्दै जाने योजना रहेको बताए ।