काठमाण्डौ । प्रभू बैंक लिमीटेडले आगामी फागुन १९ गते आफ्नो १७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

बैंकले आफ्नो मुख्य कार्यालय बबरमहलमा वार्षिक साधारणसभा आह्वान गरेको हो । 

साधारणसभामा हालको सेयर संरचना परिवर्तन गर्ने लगायतका प्रस्ताव पेश हुनेछन् । बैंकले हाल कायम ६१.३१: ३८.६९ प्रतिशतको संस्थापक: सर्वसाधारणको सेयर संरचनालाई परिवर्तन गरी ५५.४५ प्रतिशत कायम गर्ने प्रस्ताव साधारणसभाबाट पारित गर्नेछ । 

यस्तै, संचालक समितिबाट संसोधनसहित आएको ८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव समेत सभामा पेश हुनेछ । बोनस सेयरको कर प्रयोजनका लागि आवश्यक ०.४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पेश हुने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

बैंकले साधारणसभा प्रयोजनका लागि फागुन ६ गतेलाई बुक क्लोज मिति तोकेको छ । यसको अर्थ कम्पनीको साधारणसभामा सहभागी हुन र घोषित लाभांश पाउन फागुन ५ गतेभित्रमा यो बैंकको सेयर खरीद गरिसक्नुपर्नेछ ।