काठमाण्डौ । प्रभु बैंक लिमिटेडले प्रदेश १ स्थित झापा जिल्लाको चन्द्रगढी नगरपालिका वडा नं. ७ र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा नं. ७ मा सोमबार  एकैसाथ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

झापा जिल्लास्थित चन्द्रगढी नगरपालिका वडा नं. ७ स्थित चन्द्रगढी शाखा कार्यालयको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एक समारोहकाबीच उद्घाटन गरे । 

यसैगरी, मोरङ जिल्लास्थित उर्लाबारी नगरपालिका वडा नं. ७ स्थित उर्लाबारी शाखा कार्यालयको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गरे ।

चन्द्रगढी शाखा कार्यालय र उर्लाबारी शाखाकार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रमका दुवै प्रमुख अतिथिहरुले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गर्दै उर्लाबारी तथा चन्द्रगढी नगरपालिकाबासीहरुलाई पनि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सही सदुपयोग गरी व्यापार व्यवसाय विस्तार गर्न तथा आप्mनो आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् गरी गुणस्तरीय बैंकिङ्ग सेवाको लाभ लिन आग्रह गरे ।