काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने क्रममा अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

सूचना प्रविधिको उपयोग गर्दै आफ्नो घर, कार्यालय तथा आफू रहेको जुनसुकै स्थानबाट अझै सरल र सहज रुपमा प्रभु बैंकमा अनलाईन खाता खोल्नसक्ने व्यवस्था मिलाइएको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ । 

बैंकले सञ्चालनमा ल्याएको अनलाइन खातासम्बन्धी सेवाबाट प्रभु बैंकमा खाता खोल्न चाहने ग्राहकहरुले प्रभु बैंकको शाखा कार्यालयसम्म नपुगी आफू रहेको स्थानबाट अनलाईन खाता खोल्ने आवेदन गर्न, अनलाईन खाता खोल्नका लागि आवश्यक पर्ने कागजात तथा विवरणहरु सजिलै अपलोड गर्न सकिने व्यवस्था रहेको छ । 

यो सम्पूर्ण प्रक्रियाका लागि बैंकको वेबसाइटमा रहेको ‘Online A/c Opening’ बटन क्लिक गर्नुपर्नेछ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको अनलाईन खातासम्बन्धी सेवाबाट ग्राहकहरुको समय बचत हुने तथा बिना झण्झट आफ्नो समय अनुकुल आफू रहेको स्थानबाट अनलाइन खाता खोली प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्न सकिने भएकोले अधिकतम ग्राहकहरुले यसबाट लाभ लिनसक्ने बैंकको भनाई छ ।