काठमाण्डौ । शैक्षिक संस्थाहरुका लागि उपयोगी ई–शिक्षा पोर्टल एक समारोहबीच प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) अशोक शेरचनले उद्घाटन गरेका छन् ।

शैक्षिक संस्थाहरुलाई प्रशासनिक, आर्थिक, शैक्षिक तथा अन्य ब्यवस्थापकीय कार्य सम्पादन गर्न यो पोर्टल फलदायी हुने विश्वास प्रभूू ग्रुपको छ । 

ग्रुपले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तरगत यो पोर्टल भारतस्थित ई–शिक्षा कम्पनीको सहयोगमा निर्माण गरेको हो । भारतमा ५ सय बढी शैक्षिक संस्थाहरुले प्रयोग गर्दै आईरहेको ई–शिक्षा प्रणाली एवं कागजरहित संरचनाको विकास गरी सम्पूूर्ण स्कुल तथा कलेजलाई आधुनीकिकरण गर्न र अभिभावक तथा विद्यार्थीहरुलाई सम्पूूर्ण कार्य अनुगमन गर्न ई–शिक्षा लाभदायक हुने विश्वासका साथ प्रभु ग्रुपले यो कार्य नेपालमा  अघि बढाएको जनाएको छ । 

विद्यार्थी, यातायात, पुस्तकालय, होमवर्क, वित्तिय विवरण, हाजिरी, परीक्षा, परामर्श, बिज्ञापन, अनलाइन जाँच लगायतका सुविधा एवं चौविसै घण्टा तथा सातैदिन प्रभुको सञ्जालबाट शुल्क संकलन, ई–बैकिङ एवं रुपैया कार्डबाट तिर्न मिल्ने एवं अभिभावकले यसबारे घरैबाट अनुगमन गर्नुका साथै चाहिए अनुसारको सूचना सम्प्रेषण गर्नसक्नेछन् ।