काठमाण्डौ । केही समयअघि रु. १ अर्बको ऋणपत्रको शानदार बिक्री गरेको प्रभू बैंक लिमीटेडले पुनः २ अर्बको ऋणपत्र निश्कासन गर्ने भएको छ । 

बैंकले ८ वर्ष अवधिको रु. २ अर्बको ऋणपत्र निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

बैंकले १००० दरका २० लाख युनिट ऋणपत्र निश्कासन गर्न खोजेको हो । कुल युनिटमध्ये ८ लाख पब्लिक इस्यूको रुपमा र १२ लाख युनिट प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिनेछ । 

बैंकको ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशतको दरले ब्याज पाउनेछन् । 

ऋणपत्र २०८४ सालमा परिपक्व हुनेछ ।