काठमाण्डौ । प्रभू बैंक लिमीटेडको ४१ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको छ । 

नेप्सेमा प्रकाशित एक सूचनाका अनुसार बैंकमा रहेको संस्थापक सर्वसाधारणको सेयर स्वामित्व अनुपात मिलाउन ४१ लाख २६ हजार २०६.१३ कित्ता संस्थापक सेयर सर्वसाधारणमा रुपान्तरण गरिएको हो। 

नेपाल राष्ट्रबैंकको समेत स्वीकृति लिई संस्थापक सेयर सर्वसाधारणमा रुपान्तरणसँगै अब प्रभू बैंकमा संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व अनुपात ५१ः४९ प्रतिशत कायम भएको छ ।