काठमाण्डौ । प्रभू बैंक लिमीटेडका सबै सेवा ३ दिन बन्द हुने भएका छन् । 

बैंकले एक सूचना जारी गर्दै जेठ १५ गते बिहीबार अपरान्ह ५ बजेदेखि जेठ १८ गते आइतबार बिहान ९ बजेसम्म बैंकका सबै सेवा बन्द हुने जानकारी गराएका हो । 

यस बैंकले हाल प्रयोग गर्दै आइरहेको बैंकिङ सफ्टवेयर प्रतिस्थापन गर्ने प्रयोजनका लागि तीन दिन बैंकका कुनै पनि सेवा सुचारु नहुने भएको हो ।