काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफामा २९१.३८ प्रतिशतको छलाङ मार्न सफल भएको छ ।

चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा १ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ३७ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो हिसाबले संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफामा १ करोड १० लाख रुपैयाँभन्दा बढी कमाउन सफल भएको छ ।

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी ४ करोड ६ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष २ करोड ९ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाको व्यवसाय विस्तारले आक्रामक गति लिएको देखाउँछ ।

संस्थाको सञ्चालन मुनाफा ६ करोड ५५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३ करोड ५५७ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि २८ लाख ७३ हजार रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष २९ लाख ९२ हजार रुपैयाँ थियो ।

यस अवधिमा संस्थाले १० करोड ६२ लाख रुपैयाँ सापटी लिई ६८ करोड ४७ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा ३५ करोड ८८ लाख रुपैयाँ सापटी लिई ४३ करोड १ लाख रुपैयाँ ऋण प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी ७ करोड ७५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ रहेको थियो ।

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा ३९६.८८ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष ३५ लाख ६६ हजार रुपैयाँको रहेको संस्थाको जगेडा कोषको आकार समीक्षा अवधिमा बढेर १ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको प्रतिसेयर आम्दानी १९.१७ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात २०.८७ गुणा, प्रतिसेयर नेटवर्थ १२२.८७ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९७०.७८ रुपैयाँ रहेको छ ।