काठमाण्डौ । नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्सले कर्पोरेट सामाजिक उत्तरदायित्वको शुरुवाती पहलको रुपमा बालुवाटारस्थित प्रयास नेपालका बालबच्चाहरुलाई फागुन ७ गते, शनिबार, ३० किलोका १७ बोरा चामल, स्टेशनरी र चकलेट आदि सहयोग गरेको छ ।  

हिमालय एअरलाईन्सका अधिकारीहरु र प्रयास नेपाल संगठनका बालबच्चाहरु बीच शनिबारको दिन रमाइलो अन्तरक्रिया पनि भएको थियो ।  

स्थापनाको दुई वर्षमै हिमालय एअरलाईन्सले सामाजिक उत्तरदायीत्व गतिविधिमार्फत सामाजिक विकासमा योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रयास नेपालको अध्यक्ष मणी जोशी र बालबच्चासँग अन्तरक्रिया गर्दै, ब्राण्ड एण्ड र्सिर्भस इम्प्रुभमेन्ट डिपार्टमेन्ट प्रमुख उज्वला दलीले भनिन्–‘प्रयास नेपालले पिछडिएका बालबच्चाहरुको जीवनलाई निरन्तर सुधार गरिरहेको कोशिश अत्यन्तै सराहनीय छ, जसबाट हामी निकै खुशी छौ । हिमालय एअरलाईन्सको सानो योगदानले बालबच्चासँग भावनात्मक सम्बन्ध गाँस्न पाएकोमा हामी आत्मगौरवको अनुभवका साथै, प्रयास नेपाल सँग योगदानमुलक सहकार्यलाई निरन्तरता दिने प्रण गर्छौ।’ 

प्रयास नेपाल २००३ मा स्थापना भएको गैरसरकारी सँस्था हो । जसले स्थापनाकालदेखि पिछडिएका बालबालिकाहरुलाई समृद्ध बनाउन प्रयत्न गर्दै आएको छ ।