काठमाण्डौ । लक्ष्मी बैंकले सुनसरी जिल्लाको भोक्राहामा नयाँ शाखाको शुभारम्भ गरेको अवसरमा भोक्राहामा प्रहरी चौकी निर्माणका लागि रु ५ लाखको सहयोग प्रदान गरेको छ । 

सोे शाखा कार्यालयको समुद्घाटन समाराहमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले भोक्राहा प्रहरी चौकी निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्रकुमार साहलाई रु ५ लाखको चेकप हस्तान्तरण गरे । 

सो समारोहमा भोक्राहा गाउँपालिकाका अध्यक्ष महेन्द्रकुमार यादव, जिल्ला प्रहरी कार्यालयका अधिकृत, वडाध्यक्ष, उद्योग बाणिज्य संघ भोक्राहाका प्रतिनिधि तथा जनसमुदायको उपस्थिति रहेको थियो । 

गाउँपालिका प्रमुख यादवले लक्ष्मी बैंकको सहयोगप्रति विशेष धन्यवाद व्यक्त गर्दै आगामी ३ महिनाभित्र प्रहरीचौकी निर्माण सम्पन्न गरिसक्ने योजना रहेको बताए ।