काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कञ्चन ३ हरैया रुपन्देहीस्थित अस्थायी प्रहरी पोष्ट प्रतापपुरलाई दुई थान साईकल हस्तान्तरण गरेको छ । 

ती साईकल बैंकको रुपन्देही हरैयाका शाखाप्रमुख बाबुराम आचार्यले कञ्चन ३ हरैया रुपन्देही स्थित अस्थाई प्रहरी पोष्ट प्रतापपुरका इञ्चार्ज, प्रहरी नायबनिरीक्षक बासुदेब गिरीलाई हस्तान्तरण गरेका थिए ।