काठमाण्डौ । बोनस सेयरका लागि प्राइम लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार यो कम्पनीको सेयरमूल्य समायोजन भएको हो। समायोजनपछि यो कम्पनीको सेयर प्रतिकित्ता ४७१ रुपैयाँ कायम भएको छ। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

कम्पनीले आर्थिक वर्ष २०७४÷७५ का लागि चुक्तापुँजीको १२.५ प्रतिशतले हुन आउने बोनस सेयर सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित बोनस सेयर कम्पनीको यही असर २९ गते काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा हुने १२ औँ वार्षिक साधारणसभाले पारित गर्नेछ। 

सभा प्रयोजनका लागि आज (असार १९ गते) एक दिनका लागि बुक क्लोज गरिएको छ। यसको मतलब हिजो (असार १८ गते) सम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन्।