काठमाण्डौ । तपाई मेहेनती हुनुहुन्छ, क्षमतावान र आफ्नो कम्पनीमा समकक्षी भन्दा काम गर्न अब्बल पनि हुनुहुन्छ, तर तपाईको केही बानी व्यहोराले आफ्नै कम्पनीमा तपाईको खराब इमेज बन्नसक्छ । यस्तै केही कारणले कामदार र मालिकबीचको सम्बन्ध बिग्रन्छ र तपाईको जागिर नै धरापमा पर्न सक्छ । कतिपय अवस्थामा हाम्रा आफ्नै सामान्य लाग्ने बानी नै हाम्रा आफ्नो जागिरे जीवनका लागि दुश्मन बन्न सक्छन् भन्ने कुरा आफैंलाई पनि थाहा नहुनसक्छ । त्यसकारण यदि तपाई सरकारी वा प्राइभेट जागिर खानुहोस्, आफ्ना केही बानी व्यहोरालाई सुधार्नुहोला । त्यसो भएन भने राम्रै काम र प्रदर्शनको बाबजुद समेत तपाईको नोकरी जान कुनै बेर लाग्ने छैन ।

१. कुनै अभियानका लागि मान्छे संगठित गर्नु
तपाई सामाजिक अभियानबाट प्रभावित हुनुहुन्छ, वा जोडिन चाहनुहुन्छ भने पनि कार्यालय समय र कार्यालयको स्थानमा त्यो अभियानसँग जोडिएको व्यक्तिलाई भेला पार्नु तपाईको काम होइन । यो आम रुपमा सबै कम्पनीको नीतिविरोधी हुन्छ । किनभने तपाईका यस्ता  गतिविधिले अफिस टाइम बर्बाद हुन्छ । यसकारण तपाईले यस्ता गतिविधिसँगै कुनै पनि प्रकारको गैरव्यवसायिक भाषणबाजी समेत निषेध गर्नुपर्ने हुन्छ ।

२.तपाई अकडो हो त ?
मानौं तपाई लजालू स्वभावको हुनुहुन्छ वा तपाईसँग गर्नका लागि धेरै कामहरु बाँकी नै छन्, यही कारण तपाई कम्पनी वा साथीहरुले आयोजना गरेका कैयन कार्यक्रमबाट भाग्नुहुन्छ वा सहभागी नै हुनुहुन्न भने यसको अर्थ हुन्छ कि तपाई गैरसामाजिक हुनुहुन्छ । अथवा, तपाई आफूले आफैंलाई सो टिमको हिस्सा मान्नुहुन्न । यसबाट यो सन्देश पनि जानसक्छ कि तपाई अकडो हुनुहुन्छ ।

३.हरेक पटक प्रश्नको ओइरो
जब जब केही नयाँ चिज सुरु हुन्छ, तब हाम्रो मनमा प्रश्नहरु उठ्छन् । तपाईको मनमा उठेका जिज्ञासाहरु सही पनि हुनसक्छन्, तर त्यसलाई उठाउने पनि निश्चित समय र तरिका हुन्छ । कुनै इनिसिएटिव, सिस्टम वा प्रोसेससँग सम्बन्धित जागिर घोषणा भइरहेको छ भने त्यही समयमा प्रश्नहरुको ओइरो खन्याउनु हुँदैन । तपाईले पहिला सिस्टमलाई बुझ्नुपर्छ र त्यसपछि मात्र मनमा लागेका जिज्ञासा मेट्नतिर उन्मुख हुनुपर्छ । यदि तपाईलाई कुनै नयाँ असाइनमेन्ट प्राप्त भएको छ भने त्यससँग जोडिएका प्रश्नहरुको नोट मनमा वा कागजमा राख्ने गर्नुहोस् । र, सही समय दिएर वा समय मागेर सम्बन्धित व्यक्तिसँग कुरा गर्नुहोस् ।

४.सूचना चुहाउनू
हरेक कुरा जोकोहीलाई बताउनू, सार्वजनिक नभइसकेको कुरा समेत कसैलाई नभन्नू है भन्दै अरुलाई सुनाउनु खराब आदत हो । यस्तो काम गरेर धेरै मानिसले यो देखाउने कोशिश गर्छन् कि, उनीहरु कम्पनी वा हाकिमको निकट छन् । यस्ता व्यक्तिप्रति मानिसले भरोसा गर्दैनन् र आफ्नो कुरा समेत सेयर गर्न हिचकिचाउँछन् । यसबाहेक यस्ता व्यक्तिलाई कम्पनीका हाकिमले समेत भविष्यको कुनै योजना बनाउने छलफल तथा बैठकहरुमा सहभागी गराउन चाहदैनन् ।  किनभने यस्ता व्यक्तिले केही नयाँ चिज लागू हुनुभन्दा पहिला नै हल्ला मच्चाइदिक्छन् ।

५.बैठकमा धेरै यताउता गर्नू
बैठकको क्रममा हामीले आफ्नो आँखा र शरीरलाई थोरै भए पनि नियन्त्रणमा राख्न आवश्यक हुन्छ । हामीले बैठकको दौरान बारम्बार हिँड्नू, यताउता गर्नु, जिउ तन्काउनू, बारम्बार मोवाइल चेक गर्नु, घाँटीमा हात राखेर बस्नु जस्ता गतिविधिले गलत सन्देश दिन्छ । यस्ता गतिविधिले तपाईको हाकिमलाई लाग्नसक्छ, बैठक र त्यहाँ उठाइएका अजेण्डाप्रति तपाईको कुनै चासो छैन । तपाईलाई पहिलादेखि नै थाहा भएको बिषय बैठकमा चलिरहे पनि मलाई सबै थाहा छ जस्तो गरेर देखाउने काम नगर्नुहोस् ।

६.बारम्बार बिरामी
अफिसमा जो व्यक्तिले बिरामीको बाहाना बनाएर अक्सर विदा लिन्छ, त्यस्तो व्यक्तिको इमेज नकारात्मक बन्छ । किनभने तपाईको कार्यालयका सबै व्यक्तिलाई लाग्छ कि तपाई बिरामी नभए पनि त्यसैको बाहाना गरेर बारम्बार विदा लिइरहनु भएको छ । यो कुरा तपाईको हाकिमलाई समेत थाहा हुन्छ । यस्तै, तपाई यदि कुनै दिन बिरामी भएको कुरा फोन गरेर बताउनुको साटो म्यासेज गरेर जानकारी दिनुहुन्छ र विदामा बस्नुहुन्छ भने यसको झनै गलत सन्देश जान्छ ।

७.डेस्कमा मेकअप गर्नू
यो कुरा आम रुपमा महिलाहरुमा लागू हुन्छ । काम गर्ने डेस्कमै मेकअप गर्नु र टचअप गर्नु गलत म्यासेज दिनु हो । यदि तपाईलाई अफिसमा छँदा मेकअप गर्न आवश्यक परे बाथरुम जान सक्नुहुन्छ ।

८.सरसफाईमा ध्यान नदिनू
तपाई आफ्नो जिम्मेवारीलाई लिएर निकै गम्भीर हुनुहुन्छ, तर तपाईको निकै नसुहाउँदो लुक्स र जथाभावी लगाएको कपडाले तपाई कति लापरबाह हुनुहुन्छ भन्ने देखाइदिन्छ । यस्तै, तपाई यदि वासरुमबाट निस्कने समयमा हात राम्ररी धुनु हुन्न र बाहिर आउँदा दुर्गन्ध आइरहेको हुनसक्छ । यस्तो बानीले तपाईलाई असर गर्छ । तपाई आफ्नो वर्क स्टेशनलाई समेत त्यस्तै फोहोर राख्नुहुन्छ भने यसको समेत सही सन्देश जाँदैन । यी सबै खराब बानीले तपाईको व्यवसायिक प्रतिष्ठालाई नै ड्यामेज गरिदिनसक्छ । सिटमा बसेर दाँत कोट्याउनु, कान चिलाउनु वा कानेगुजी निकाल्नू, नाक कन्याएर सिँगानको पाप्रा निकाल्दै जथाभावी पुछ्नु जस्ता हर्कतहरु कार्यालयमा ठीक हुँदैन ।