काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । 

साउन १२ गते बसेको सो बिमा कम्पनीको बोर्ड बैठकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र त्यसका लागि आवश्यक नगद लाभांश वितरणको घोषणा गरेको हो । 

यो निर्णय बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

यसअघि आर्थिक वर्ष २०६८ ६९ को नाफाबाट यो बिमा कम्पनीले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । प्राइम लाइफले २०६९/७०, २०७०/७१, २०७१/७२ र २०७२/७३ को वार्षिक साधारणसभा अझै गर्न सकेको छैन । 

हाल घोषित बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी ६१ करोड १ लाखको उचाईमा पुुग्नेछ । बिमा समितिले जीवन बिमा कम्पनीहरुको पूँजी ०७५ असारसम्म २ अर्ब हुनुपर्ने व्यवस्था गरेको छ । यसको अर्थ यो जीवन बिमा कम्पनीले आगामी दिनमा निकै ठूलो परिमाणमा हकप्रद र बोनस ल्याउने देखिन्छ ।