काठमाण्डौ । ओम डेभलपमेन्ट बैंकसँगको एक्वीजिसन प्रक्रियामा पूर्णविराम लागेपछि प्राइम कमर्सियल बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । 

प्राइमको बैशाख ३१ गते साँझ ६ बजे बसेको संचालक समितिको ३६२ औं बैठकले जेठ २६ गते बैंकको ११ औं वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । 

बैंकले साधारणसभा प्रयोजनका लागि जेठ ९ गतेदेखि बुक क्लोज गर्नेछ । यसको अर्थ यो बैंकको साधारणसभामा सहभागी हुन चाहनेले जेठ ८ गतेभित्र बैंकको सेयर खरीद गरी सेयरधनी भइसक्नुपर्नेछ ।