काठमाण्डौ । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभ्ने सहमति गरेको छ । 

भर्खरै प्राइम बैंकको मुख्य कार्यालयमा एक समारोहका बीच दुई बैंकका अध्यक्षबीच गाभ्ने गाभिने विषयमा प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

समझदारीपत्रमा कैलाश विकास बैंकको तर्फबाट अध्यक्ष नारायणप्रसाद पौडेल र प्राइम बैंकको तर्फबाट अध्यक्ष राजेन्द्रदास श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

बैंकस्थित उच्च स्रोतका अनुसार कैलाश विकास बैंकलाई प्राइमले १०० बरार ९४ को सेयर स्वाप अनुपात कायम हुने गरी गाभ्ने भएको हो । 

यसअघि नै यी दुई बैंकबीच गाभ्ने गाभिने सहमति हुने संभावना थियो । तर, कैलाश विकास बैंकले ९५ को सेयर स्वाप अनुपातमा अडान नछाडेपछि केही समय व्यतित भएको हो । 

लामो छलफलपछि दुई बैंकबीच १००: ९४ सेयर स्वाप अनुपात कायम हुने गरी कुरा मिलेको उच्च स्रोतले जानकारी दिएको छ। 

सम्बन्धित समाचार

प्राइमले कैलाशलाई १००ः९५ को सेयर स्वाप अनुपातमा गाभ्ने संभावना !