काठमाण्डौ । प्राइम कमिर्सियल बैंक लिमिटेडले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्न दुवै बैंकले एकै दिन विशेष साधारणसभा डोकका छन् । 
आउँदो साउन २२ गते प्राइमले काठमाण्डौ र कन्काईले झापाको दमकमा विशेष साधारण आयोजना गर्न लागेका हुन् । विशेष साधारणसभा दुवै बैंकले प्राइमले कन्काईलाई प्राप्ति (एक्विजिसन) गर्ने विशेष प्रस्ताव पारित गर्ने छन् । 
यसैगरी प्राइमले कन्काईलाई प्राप्ति गर्ने प्रयोजनका लागि मूल्यांकनकर्ता एसएआर एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सले तयार पारेको कन्काइको चलअचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन डीडीए तथा अन्य सम्बद्ध व्यवस्थासमेतका आधारमा निर्धारण गरिएको कन्काइको सेयरको मूल्य पारित गरी प्राप्ति गर्ने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि दुवै बैंकले पारित गर्ने छन् । 
यस्तै प्राइमले कन्काई प्राप्ति गर्ने सम्बनधमा गरिएको अन्तिम सहमति÷सम्झौतापत्र तथा अन्य भए गरेका सम्झौताहरुको अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछन् । 
प्राइम बैंकको सेयर खरिदबिक्रीका लागि दाखिला खारेज साउन १४ गते सेयर दर्ता किताब विशेष साधारणसभा प्रयोजनका लागि बन्द गर्ने निर्णय गरेको छ । 
यसअघि प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभ्ने सहमति भइसकेको छ । 
दुई साताअघि गाभ्ने गाभिने विषयमा प्रारम्भिक समझदारीपत्रमा कैलाश विकास बैंकको तर्फबाट अध्यक्ष नारायणप्रसाद पौडेल र प्राइम बैंकको तर्फबाट अध्यक्ष राजेन्द्रदास श्रेष्ठले हस्ताक्षर गरेका थिए। 
बैंकस्थित उच्च स्रोतका अनुसार कैलाश विकास बैंकलाई प्राइमले १००:९४ को सेयर स्वाप अनुपात कायम हुने गरी गाभ्ने भएको छ।