काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडले कैलाश विकास बैंक लिमीटेडलाई प्राप्ति गर्ने सम्बन्धमा बिहीबार अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतापत्रमा प्राइम बैंकको तर्फबाट संचालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंकको तर्फबाट संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले एक समारोहका बीच हस्ताक्षर गरेका हुन् । 

प्राइमले कैलाश बैंकलाई १००ः९४ हाराहारीको सेयर स्वाप रेसियोमा गाभ्ने गरी करिब ५ महिनाअघि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको थियो । 

ओम डेभलपमेन्ट बैंकसँगको मर्जर असफल भएपछि अप्ठ्यारोमा परेको प्राइम बैंक पछिल्लो समय साना संस्थाहरुलाई गाभेर बलियो बन्ने दौडमा छ । यो बैंकले कैलाश विकास बैंकपछि देवः विकास बैंकलाई पनि गाभ्न खोजेको अपुष्ट खबरहरु बाहिर आइरहेका छन् ।