काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । 

यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएका बैंकका २३७ वटै शाखाहरुबाट सहज रुपमा प्राइम लाईफ इन्स्योरेन्स कम्पनीको जीवनबीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु. प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुखकार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरे ।