काठमाण्डौ । प्राइम कमर्सियल बैंकसँग एक्वीजिसनको प्रक्रियामा रहेको ओम डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई १२.७० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । 

बैंकको पुस २७ गते शुक्रबार दिनको १ बजे बसेको संचालक समितिको १५९ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट लगानीकर्तालाई १२.७० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि निर्णयको रुपमा कार्यान्वयनमा आउनेछ । 

हाल ओम डेभलपमेन्ट बैंकको चुक्तापूँजी २ अर्ब ५१ करोड रुपैयाँ रहेको छ। 
प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी २ अर्ब ८३
करोडको हाराहारीमा पुग्नेछ ।