काठमाण्डौ । नेपाल मेडिसिटी र प्राइम बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार अब प्राइम बैकका कर्मचारी र सेवाग्राहीले अस्पतालबाट विशष छुट प्राप्त गर्ने भएका छन् ।

भैंसेपाटीमा गरिएको सम्झौतामा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले र प्राइम बैंकका तर्फबाट नायव महाप्रबन्धक भाइराजा तुलाधरले हस्ताक्षर गरेका थिए ।

नेपालीहरुलाई उपचारका लागि विदेश जानु नपर्ने भावनालाई अभियानको रुपमा नेपाल मेडिसिटी अस्पतालले अगाडि बढाएको र नेपालको स्वास्थ्य क्षेत्रको सम्पूर्ण विकासका लागि आर्थिक, सामाजिक लगायतका संस्थाहरुसंग आफूहरुले सहकार्य गर्दै जाने योजना बनाएको महाप्रबन्धक रिमालले बताए ।

प्रविधिको विकाससंगै बैंकिङ्ग क्षेत्रमा आएको विकास र अत्याधुनिक प्रविधि तथा उपकरण सहितको अस्पतालले सहकार्य गर्न पाएकोमा तुलाधरले खुशी व्यक्त गरे ।