काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । 

बैंकको बिहीबार बसेको संचालक समितिको ३४८ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । 

नियामक नेपाल राष्ट्रबैंकले स्वीकृत गरेपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित बोनस सेयर लगानीकर्ताले पाउनेछन् ।

प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी बढेर ९ अर्ब ३१ करोडको उचाईमा पुग्नेछ ।