काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६५ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले गत वर्षको खुलामा १३.३७ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो । गत वर्ष यही अवधिमा बैंकले ५८ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको समीक्षा अवधिमा सञ्चालन मुनाफा ९४ करोड ४४ लाख रुपैयाँ रहेको छ। गत वर्ष सञ्चालन मुनाफा ८३ करोड १२ लाख रुपैयाँ रहेको थियो ।

यसैगरी बैंकले प्रथम त्रैमासमा खुद ब्याज आम्दानी १ अर्ब ६ करोड रुपैयाँ गरेको छ । गत वर्ष यही अवधिमा बैंकको खुद ब्याज आम्दानी ९७ करोड २ लाख रुपैयाँ रहेको थियो ।

बैंकले समीक्षा अवधिमा ७८ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ३ करोड रुपैयाँ अर्ब कर्जा प्रवाह गरेको छ ।

बैंकको रिजर्भको आकार समीक्षा अवधिमा ३ अर्ब २० करोड रुपैयाँ पुगेको छ । गत वर्ष रिजर्भको आकार २ अर्ब ६० करोड रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा समीक्षा अवधिमा २२.९६ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २७.२४ रुपैयाँ प्रतिसेयर नेटवर्थ १५३.०८ रुपैयाँ रहेको छ । पीई रेसियो भने ९.६२ रहेको छ ।