काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७५ करोड ७५ लाख बिमा शुल्क आर्जन गरेको छ । 

अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ६१ करोड ४३ लाख मात्र बिमा शुल्क आर्जन गरेको थियो । यो हिसाबले बिमा शुल्क आर्जनतर्फ कम्पनीले २३.३१ प्रतिशतको प्रगति गरेको देखिएको छ। 

अघिल्लो वर्ष यही अवधिमा ७ अर्ब १७ करोडमा सीमित जीवन बिमा कोषको आकार बढी यो वर्ष ९ अर्ब ५१ करोडको उचाईमा पुगेको छ । 

यस्तै, ९ करोड १९ लाखमा सीमित महाविपत्ति कोष जगेडाको आकार बढी १२ करोड ६६ लाख तथा ९६ करोडमा सीमित रिजर्ब बढेर १ अर्ब ३ करोडको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट २० करोड २० लाख आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १८ करोड ४ लाखमा सीमित थियो । 

बिमालेखको धितोमा कर्जाबाट हुने आय १ करोड ५४ लाखबाट बढेर २ करोड ४० लाख पुगेको छ । 

यो अवधिमा कम्पनीले १३ करोड १६ लाख खूद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ८ करोड ८७ लाख मात्रै दाबी भुक्तानी गरेको थियो । 

समीक्षा अवधिसम्म प्राइम लाइफमा ३ लाख ६० हजार ५९८ बिमालेख कायम रहेको छ । अघिल्लो वर्ष ४ लाख ६१ हजार बिमालेख कायम थिए । यो हिसाबले अघिल्लो वर्षको यही अवधिको तुलनामा बिमा लेखको संख्या १ लाख ७८८ ले घटेको छ । 

समीक्षा अवधिसम्म कम्पनीको खूद नाफा १० करोड रहेको छ । अघिल्लो वर्ष यही अवधिमा खूद नाफा ६ करोड ८० लाखमा सीमित थियो । 

प्राइम लाइफको प्रतिसेयर आम्दानी १९.९७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६.१२ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६७८.०३ रुपैयाँ कायम भएको छ ।