काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २२.६१ प्रतिशतले खुद नाफा आर्जन गर्न सफल भएको छ । 

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म बैंकले ८६ करोड ५९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।  

दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ८५ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। जुन गत वर्ष यही अवधिसम्म १ अर्ब ५१ करोड रुपैयाँ थियो । 

त्यस्तै समीक्षा अवधिसम्म बैंकले २ अर्ब १६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ७७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

बैंकले समीक्षा अवधिसम्म ८० अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी ८० अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।  गत वर्ष यही अवधिसम्म बैंकले ७७ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा बैंकको रिजर्भ २७.३७ प्र्रतिशतले बढेको छ । गत वर्षको यही अवधिसम्म २ अर्ब ५० करोड रुपैयाँ रहेको रिजर्भमा बढेर ३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । 

वार्षिकीकृत बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २६.८७ रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ९.६८ रुपैयाँ रहेको छ ।