काठमाण्डौ। प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश हाल कायम चुक्तापुँजी २ अर्ब ७९ लाख ३९ हजार ३७५ रुपैयाँको १२.५ प्रतिशतले हुन आउने २५ करोड ९ लाख ९२ हजार ४२२ रुपैयाँबराबरको बोनस सेयर रहेको छ। 

बोनस सेयर कर प्रयोजनका लागि कम्पनीले नगद लाभांशका रुपमा १ करोड ३२ लाख १० हजार १२८ रुपैयाँ वितरण गर्ने प्रस्ताव पनि गरेको छ। 

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले जनाएको छ।