काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आफ्ना सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । 

कात्तिक २६ गते बसेको बैंक संचालक समितिको ३१९ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट २७ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो । 

यो निर्णय नेपाल राष्ट्रबैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

गत वर्ष प्राइम कमर्सियल बैंकले आफ्ना सेयरधनीलाई १७.२५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

यो बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमै ३४ करोड १७ लाख  खूद नाफा आर्जन गरेको छ ।

हाल यो बैंकको चुक्तापूँजी ६ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । घोषित २७ प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर ८ अर्ब २ करोडको उचाईमा पुुग्नेछ ।