काठमाण्डौ । धितोपत्र बोर्डले प्राइम लाइफ इन्स्योरेन्सलाई १६० प्रतिशत हकप्रद निश्कासनको स्वीकृति दिएको छ । 

स्वीकृतिसँगै प्राइम लाइफले १०० रुपैयाँ अंकित दरका ६१ लाख २ हजार कित्ता हकप्रद निश्कासन गर्नेछ । 

एक बराबर १.६० कित्ताको दरले जारी हुने हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेडले गर्नेछ । 

हकप्रदको बिक्रीपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ५८ करोडको उचाईमा पुुग्नेछ । प्राइमले हालै हाल कायम पूँजीको ३२.५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । उसले हकप्रद भर्नेले समेत बोनस पाउने र त्यसबेलाको वास्तविक बोनस दर १२.५ प्रतिशत हुने जनाएको छ । यसको अर्थ हकप्रद भर्र्नेले १२.५ प्रतिशतको दरले बोनस सेयर पाउनेछन् । 

चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा प्राइम लाइफले ११ करोड ५१ लाख खूद नाफा आर्जन गरेको छ ।