काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले आज(फागुन २७ गते)देखि १ बराबर १.६ कित्ताको दरले हकप्रद सेयरको बिक्री खुलाएको छ ।

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद निश्कासन गरेको हो ।

इच्छुक सेयरधनीले २०७५ बैशाख २ गतेभित्र तोकिएका स्थानमा गएर हकप्रद खरीदका लागि आवेदन दिनसक्ने बताइएको छ । 

हाल  यो कम्पनीको चुक्तापूँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । १६० प्रतिशत हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी बढेर १ अर्ब ५८ करोडको उचाईमा पुुगेको छ । 

कम्पनीको हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धको काम सिद्धार्थ क्यापिटल लिमीटेडले गर्नेछ ।

इच्छुक सेयरधनीले प्राइम लाइफ इन्स्योरेन्सका सबै शाखा, सिद्धार्थ क्यापिटलको नक्सालस्थित मुख्य कार्यालय र सीआस्वा सेवा संचालनको अनुमति पाएका सबै बैंक तथा बित्तीय संस्थाहरुबाट आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ ।