– धर्म मलासी

काठमाण्डौ । वर्तमान समयमा मानिसको अभिन्न अंग बनेको मोबाइल, टीभी, कम्प्युटर र अन्य विद्युतीय उपकरणबाट निक्लने विकिरणको नकारात्मक असरबारे तपाइँ कत्तिको जानकार हुनुहुन्छ ? यी उपकरणबाट निस्किने विकिरणका मानिसमा मानसिक तथा शारीरिक समस्या बढ्दैछ ।

अब यस्ता उपकरणबाट निस्किने विकिरणबाट बचाउन नेपालमै पहिलोपटक उत्पादन गरिएको ‘रक साल्ट ल्याम्प’ बजारमा आएको छ । प्राकृतिक नवदिप रक साल्ट ल्याम्प नेपाल प्रालिले काठमाण्डौको भृकुटीमण्डलमा जारी फर्निचर एन्ड फर्निसिङ सामग्रीहरुको मेलामा पहिलो पटक  बजारमा ल्याएको हो ।

कम्पनीकी बजार व्यवस्थापक पुष्पा राणाले यो ल्याम्प पाकिस्तानको हिमालय क्षेत्रबाट ल्याइएको विशुद्ध प्राकृतिक नुनबाट बनेको र यसको थुप्रै शारीरिक, मानसिक र वास्तुगत समस्या समाधान गर्ने महत्व रहेको बताइन् । ‘निरन्तर मोबाइल कम्प्युटर, टीभी, नेटवर्क राउटर, फ्रिजजस्ता विद्युतीय उपकरणबाट निस्कने विकिरणले हाम्रो शरीरको ७५ प्रतिशत इनर्जी निष्क्रिय हुन्छ’, विकिरणका असरबारे बताउँदै राणाले भनिन्, ‘यस्ता विकिरणले मानसिक र शारीरिक समस्याजस्तै टाउको दुख्ने, निन्द्रा नलाग्ने, आल्स्य हुने, बहिरोपन, प्रेसर, डायबिटिज, दम, जोर्नी दुखाइ, नशासम्बन्धी सम्स्या, ब्याक पेन, प्यारालाइसिस (पक्षघात), कोलस्ट्रोल आदिबाट ‘रक साल्ट ल्याम्प’ ले बचाउँछ।’ 

यसका साथै ‘रक साल्ट ल्याम्प’ ले कोठाभित्रको हावालाई शुद्ध गर्ने र वास्तुशास्त्रअनुसार  घरपरिवार वा व्यापारव्यवसायमा कसैको नजरदोष लागेको छ भने त्यस्ता नकारात्मक शक्तिलाई निस्तेज पार्ने र सकारात्मक ऊर्जा सञ्चार गर्ने राणाको दाबी छ। ‘विभिन्न नेगेटिभ ब्याक्टेरियालाई रोक्छ र मानसिक तनाव हटाई घरपरिवारमा सकारात्मक वातावरण बनाउँछ’, उनी भनिछन्, ‘यसले घरको सौन्द्रयता बढाउँछ ।’ 

कम्पनीले रु. २ हजार ५०० देखि रु. ३० हजारसम्मका ‘रक साल्ट ल्याम्प’ प्रदर्शनीमा राखेको छ । मेला अवधिभर ‘रक साल्ट ल्याम्प’ का जुनसुकै प्रकारमा विशेष छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।