काठमाण्डौ । बंगलादेशी ब्राण्ड प्रानले नेपाली बजारमा पठाउने गरेको जूसको गुणस्तरीयताको बिषयमा सरकारले छानबिन गर्ने भएको छ । 

कृषि विकास मन्त्रालयअन्तरगतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिजशालामा प्रकाशित समाचारलाई आधार बनाई प्रानको जूसमा भएको मिसावट तथा फट्याईको बिषयमा छानबिन थाल्ने भएको हो । 

विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले बिजशालासँग कुरा गर्दै भने–‘मैले प्रानको बिषयमा बिजशालाले लेखेका समाचारहरु हेरेको छुु । हाम्रो विभागले खाद्य पदार्थको गुणस्तरको बिषयमा छानबिनको काम गर्ने हो । प्रानको जूसको गुणस्तरको बिषयमा समेत हामीले छानबिन थाल्छौ ।’

उनले एमआरपी बिना नै प्रानका जूस तथा अन्य खाद्य पदार्थ बजारमा बिक्री भइरहेको प्रसंग आफूहरुको बिषय नभएको जिकिर गरे । आफूहरुको क्षेत्राधिकारभित्र पर्ने बिषयमा बिहीबारदेखि नै छानबिन थालिएको समेत उनले प्रष्ट्याएका छन् ।

‘छानबिनको क्रममा प्रानका जूसहरुको गुणस्तर कम भएको पाइए वा अखाद्य वस्तुु भेटिए कानून अनुसार कारबाही हुन्छ ।’ उनले भने–‘जनताको स्वास्थ्यमाथि खेलवाड गर्नेहरुलाई हामीले छाडेका छैनौ र कसैले उन्मुक्ति पनि पाउने छैन।’

प्रानका बिषयमा हालसम्म बिजशालामा प्रकाशित खोजमूलक समाचारहरु यस्ता छन्: