-धनकुमार राई

बजार भनेकै लगानीकर्ताहरुको भिडभाड भन्ने बुझिन्छ र भिडभाडको ब्यवहार जहिले पनि अनिश्चित वा जोखिमपूर्ण नै हुन्छ । त्यसैले प्राविधिक विश्लेषणले भिडको ब्यवहारलाई अध्ययन गर्ने गर्दछ । यसरी जोखिम ब्यवस्थापन/न्यूनिकरणका लागि आवश्यक नियम तथा संकेतहरुको सेट निर्विकल्प प्राविधिक विश्लेषणले मात्र उपलब्ध गराउने भएकोले लगानी पूर्व या लगानी पश्चात प्राविधिक विश्लेषणलाई आत्मसात गरेर अगाडि बढ्दा अप्रत्यासित जोखिमबाट जोगिन सकिन्छ र यो नै कारोबारीहरुको अचुक उपाय पनि सिद्ध भइसकेको छ ।  

यसरी कुनै पनि बेला निश्चित जोखिम उठाउन तत्पर रहन नसकिए, मात्र मुनाफा असम्भव नै हुन्छ । लगानीको आकार/प्रवृत्ति (कारोबार पूर्व), लगानी ब्यवस्थापन (जहाँबाट मुनाफा आर्जन हुने लक्ष्य र जोखिमको सम्भावना आँकलन) र कारोबारसँग सम्बन्धित आवेगको सही प्रयोग नगरिएको कारणले ९० प्रतिशत लक्ष्य) सम्पूर्ण रुपमा चुक्न पुग्दछन् । 

अतः कारोबारीहरुले निम्न प्राविधिक पक्षले सुझाउनसक्ने कुराहरुलाई हेक्का राख्दा आफ्नो लगानी ब्यवस्थापन प्रभावी रहने निश्चित हुन्छः 

  • सम्पूर्ण नेप्सेको चाल बुलिस या बियरिस के छ ?
  • नेप्सेभित्रको भिन्न भिन्न सूचकांकहरुको चालले के बताउँछ ?
  • टेवा अवरोधको सिमाना कहाँ कतिमा रहेको छ ?
  • आवश्यक चाल र च्यानलले के संकेत गर्दैछ ?
  • हालको बजारको चालको निरन्तरता रहिरहन्छ ?
  • अधिक खरिद र अधिक बिक्रीको स्थिति के छ ?
  • लगानीकर्ताहरुको सक्रियाताको स्थिति के छ ?
  • बजारमा कुनै किसिमको चाल परिवर्तनको संकेत छ ?
  • बजारमा कुनै किसिमको चाल ब्रेक हुने संकेत छ ?
  • जोखिमको बिन्दु कहा कहा हो ?
  • कम जोखिमयुक्त लगानीहरु कुन कुन हुन सक्छन्?
  • बजारको भिन्न भिन्न सूचकांकहरुको आधारमा पोर्टफोलियो ब्यवस्थापन या लगानीमा विविधिकरण गर्नु भएको छ ?

यी माथिका सम्पूर्ण उत्सुकताहरुको समाधान हामीले प्राविधिक विश्लेषणको तथ्यांकलाई प्रयोग गरेर प्राप्त गर्न सकिने भएकोले प्राविधिक विश्लेषण लगानीकर्ताहरुको महत्वपूर्ण साझेदार हुनेमा शंकै नगरे हुन्छ । भनिन्छ वारेन बफेटले त प्राविधिक विश्लेषणलाई आधार मानेर लगानी गर्ने गर्दछन्, भने सो विकसित तरिकालाई नमान्ने हामी को नै हौ र ?

प्राविधिक विश्लेषण के हो ?

प्राविधिक विश्लेषण, लगानीकर्ताहरुमा ब्याप्त आवेगहरु जस्तै, लोभ, डर र विश्वासको अध्ययन विश्लेषण गरेर लगानीकर्ताहरुलाई लगानीपूर्व र लगानीको अवस्थामा लगानीको आवश्यक अनुशासन पालना गर्न डोहोर्याउने वैज्ञानिक माध्यम हो । प्राविधिक विश्लेषण यिनै मानवीय आवेगहरुको विश्लेषणद्वारा प्राप्त तथ्यांकको आधारमा बजारमा लगानी गर्ने सिमाना, मुनाफा बुक गर्ने लक्ष्य र जोखिमको सिमाना पहिचान गर्न सहयोगी हुन्छ । 

संसारभर ब्यवसायिक र संस्थागत लगानीकर्ता तथा ब्यक्तिगत लगानीकर्ताहरुलाई प्राविधिक विश्लेषणकै आधारमा प्राप्त तथ्यांकले लगानीको मन्त्र सुझाइरहेका हुन्छन् ।

 

जहाँ अर्थशास्त्रले बजारको उतारचढावको कारणको बारेमा स्पष्ट गराइरहेको भए पनि प्राविधिक विश्लेषणले कहाँ र कति मूल्यमा लगानी उपयुक्त हुन्छ भनेर हेक्का दिलाइरहेको हुन्छ । यहाँ, पूर्ववर्ति बजारको चालको अध्ययनबाट, मूल्यको झुकाव (Price Action)मा परिवर्तन हँुदैछ भन्ने थाहा दिनु पनि प्राविधिक विश्लेषणको महत्वपूर्ण विशेषता मानिन्छ । 

प्राविधिक विश्लेषणमा पूर्ववर्ति बजारको चालबाट प्राप्त विभिन्न माथिका अभ्यस्त प्राविधिक शब्दावलीहरुले साच्चैनै लगानीकर्ताहरुलाई मार्गदर्शकको काम गर्ने भएकोले हामीले पनि अभ्यस्त भई लगानी गर्न अपरिहार्य छ । 

प्राविधिक विश्लेषणको आधिकारिकता:


जसरी चिकित्सा विज्ञानले बिरामीको शरीरबाट पल्स, ज्वरो, बिपी, रगत, र्याल, खकार, दिशा, पिसाब जस्ता कुराहरुको परीक्षण पश्चात प्राप्त तथ्यांकलाई अध्ययन गरेर रोगको संकेत प्राप्त गर्दछन् । त्यस्तै गरेर प्राविधिक विश्लेषणमा विश्लेषकले पनि बजारको निम्न बिन्दु, उच्च बिन्दु, समाप्त बिन्दुको अध्ययन विश्लेषणबाट बजारको दिशा, बजारको गति र बजारको सिमाना आँकलन गर्ने गर्दछन् । जसरी पल्सको संकेत अनुसार चिकित्सा विज्ञानमा इसिजिले ग्राफ कोरेर मानिसको मुटुको चाल स्वभाविक या अस्वभाविक पत्ता लगाउन सक्छ, त्यसै गरेर प्राविधिक विश्लेषणले बजारको तथ्यांक अनुसार चार्ट कोरेर प्राप्त संकेतहरु अनुसार बजारको चाल, गति, अवस्था कतातिर हुनसक्छ भनेर पत्ता लगाउन सक्दछन् । 

यसरी बजार भनेको नै हजारौं लगानीकर्ताहरुको आवेगको प्रतिफल भएकोले निर्विकल्प प्राविधिक विश्लेषण नै एउटा यस्तो माध्यम हो, जसले लगानीकर्ताहरुको ब्यवहारबाट प्राप्त तथ्यांकको अध्ययन गरेर हुनसक्ने जोखिम र मुनाफाको क्षेत्र सुझाउने भएकोले यो वैज्ञानिक र प्रभावकारी रहन्छ ।

मूल्यको आविष्कारमा लगानीकर्ताहरुको आवेगको भूमिका:

  • घाटा लाग्ने डर र धेरैभन्दा धेरै कमाइ गर्ने लोभले स्टक मार्केटको कारोबार क्रममा माग र आपूर्तिको सन्तुलन बनाइराख्दछ । 
  • लोभलाई हतोत्साहित गर्न र डरको बिरुद्ध जित्न सजिलो हँुदैन । त्यसैले  बजारमा लोभ र डर बीचको उन्मुक्त द्वन्द्वले नै निरन्तर नयाँ मूल्यको आविष्कार सम्भब भइरहेको हुन्छ । बजारका व्यवसायिक कारोबारीहरुले अन्य कारोबारीहरुको डराएको अवस्थामा किन्ने र लोभ बढेको बेलामा बेच्न जति बेला पनि तत्पर रहनसक्ने भएकोले नै सफल बनिरहेका हुन्छन् ।

1.नेप्से(बजार)को साप्ताहिक विश्लेषणः 
बजारले गत साताको अन्तिम दिन ११८० को मनोबैज्ञानिक अवरोधलाई चिर्न सफल भए पनि १२०० को लक्ष्य पूरा गर्न सकेन । यसरी स्पष्ट आधारभूत भूमिकाको अभाव देखाएर प्राविधिक संकेतको प्रभाव ओझेलमा पर्नुले प्राविधिक संकेतहरुले म्यान्डेट प्राप्त गर्न संघर्ष गरेको देख्न पाइयो । बजारमा बुलको बिकल्प नभएकोले बजारको अन्यौललाई लामो अवधिको लगानीकर्ताहरुले बजारको दैनिकिको पछाडि नलागी कारोबार निरन्तर गर्न सकिने नै देखिन्छ । 

यसरी गत साताको कारोबार प्राविधिक रुमा गणितीय आँकलन भित्रै रहे पनि प्रेरणादायी सक्रियताको अभावमा लक्ष्य भेटाउन सकेन, तर पनि हामीले सम्झाइरहेको प्राविधिक Volome/Price Action को विश्वव्यापी अभ्यासको म्याण्डेट अनुसार बजार नघटी  बुलिस क्याण्डल बनाउँदै साताको अन्त्य गरेको पाइयो । 

गत साताको गणितले  पनि पहिलेजस्तै बजारको आवश्यक अभ्यासमा Herd Mentality हाबी भएर अनभिज्ञ जमातले प्राविधिक अभ्यासको जानकारी नराख्दा बजार अन्योलबाट उम्कन नसकेको देखियो र यो साता सम्हालिन नयाँ संकेत विकसित हुनैपर्ने भने देखिन्छ नै । यसरी माथिको प्राविधिक Pivot र De-Marks को विधि चित्र अनुसार आउने साता बजारले ११७६ देखि १२१० भित्र सक्रिय कारोबार रहने अनुमान गर्न सकिन्छ । 

2. Technical Indicators Update:

Technical सारलाई हेरौं  (Nepse Index – 1181.69 ( +9.39)

Moving Averages: NEPSE INDEX – 1181.69 ( +9.39)

3. Nepse Candlestick Chart(s) & Study:

    Technical Indicator हरुलाई चार्टमा हेरौ:
i) साप्ताहिक Pivot Range र अनुमानित कारोबार रेञ्जः  

Chart मा Pivot Point र De Marks को प्रयोग अनुसार 1176 देखि 1187 हुँदै बजारमा सक्रियता बढ्ने क्रममा 1210 सम्मको ब्यान्ड भित्र कारोबार हुने न्यूनतम आशा रहेको देखिए पनि संघर्षपूर्ण साताको अनुमान चिर्दै लगानीकर्ताहरुको हतोत्साहको अन्त्य सहित मनोबैज्ञानिक १२०० लाई उछिन्दै आफ्नो बुल यात्रा निरन्तर हुने आशा गर्न सकिन्छ।

आइतबारको लागि दैनिक Pivot Range र अनुमानित कारोबार रेञ्जः

ii)   RSI / Stochastic Oscilator :

Chart मा यसरी साप्ताहिक Stochastic Oscilators ले पनि बजारको उकालो यात्रालाई %K–हरियो लाईन ले %D  रातो लाईनलाई Oversold सिमानामा क्रस गरिनै रहेको र यो अनिवार्य खरिददारी गर्ने निरन्तर नै छ भन्न सकिन्छ । 

दैनिकले पनि आफ्नो यात्रालाई साप्ताहिक यात्राले प्रभावमा राखे सम्म कमजोरी नदेखाउने बुझ्न सकिन्छ । RSI को कुरा गर्दा RSI ले पनि लगानीकर्ताहरुको आवश्यक सक्रिय भूमिकाको अभावमा अधिक बिक्रि भइसकेको संकेत रेखा 30 को सिमाबाट कमजोरीसहित नै भए पनि बढ्दै गरेकै देख्न सकिन्छ र साप्ताहिक यात्रा पनि उकालो लाग्ने संकेतले म्यान्डेट प्राप्त गर्नेमा ढुक्क भए हुने बुझिन्छ । 

iii)  Moving Averages:

चार्टमा आवश्यक परिवर्तन को संकेत छैन र Moving Averages को सार कमजोर स्थितिको संकेत यथावतै रहे पनि यो ओह्रालो बजारको संकेत पटक्कै नभएकोले विस्तारै अन्य संकेतहरुको सहयोगमा परिवर्तन भई Trending बजारलाई साथ दिदै जाने भएकोले बजारमा लगानिकर्ताहरुको सक्रिय गति प्राप्त हुन जरुरी देखिन्छ । 

iv)Weekly MACD Divergence & Crossover above Zero line को प्रभाव यथावत:

यहाँ chart मा प्राप्त MACD Divergence को Daily र Weekly चार्ट र MACD संकेतअनुसार गत सातानै सुनिश्चित भइसकेको संकेत अझै प्रभावि नै देख्न सकिन्छ । चित्रमा देखाइए अनुसार गत साताको घटाइले पनि Bullish Divergence यथावतनै रहेकोले आउने सातालाई खरिददारीको अनिवार्य अवसर हुने देखाउँछ ।

Daily chartमा प्राप्त MACD Crossover  को Zero line भन्दा तलतिर converge हुँदा  बजारमा अस्थायि दवाबबाट उम्कन प्रयत्न गर्ने संकेत साताको अन्तिम कारोबारले गरेको बुझ्न सकिन्छ । 

v)NEPSE MonthlyCANDLESTICK CHART

चित्रमा दर्शाएको निलो सिमानाले म्यान्डेट प्राप्त गरिरहेकोले बजार दिर्घकालिन अवधिको ट्रेन्ड भित्रनै रहेको तथा माथि Chart मा Monthly Bullish Gartley ले ११३५ को न्यूनस्तरबाट बजार उकालो लाग्ने देखाएअनुसार नै १४६० सम्मको उकालो यात्रा तय गरिसकेर फेरी बिक्रीकर्ताहरुको दवामा अघिल्लो साता ११६३ सम्मको ओह्रालो यात्रा टुंग्याएको र हाल फेरी ११७५ मा दवाब महसुस गरे पनि, यहाँ आउने दिनमा बजार १२०० माथि स्थिर बन्दै, चित्रमा देखाइएको Triangle Limit को तल्लो भाग भन्दा माथिनै बजार फर्किदै प्राविधिक सेटअप अनुसार बजारको ओहलो लाग्ने आशा कमजोर बनेको देख्न सकिन्छ । 

माथि चार्टमा  Technical Trend line सेटअप अनुसार  बजारको Long term Trend  ले उकालो देखाउछ भने Long Term trend भित्रको Secondary Trend Bearish देख्न सकिन्छ यसरी मुख्य ट्रेण्डलाइनको प्रभाव रहे सम्म बजार आफ्नो लय  no Bullish नै हुने देखिन्छ र अन्ततः विश्वबजारको मान्यताअनुसार उभ्याएर हेर्दा नयाँ चरणको सुरुवातलाई सक्रिय लगानीकर्ताहरुको नेतृत्व आवश्यक रहेकै छ ।