-धनकुमार राई

आर्थिक सूचकांकहरु, मौद्रिक नीति, भूराजनैतिक स्थिति, सूचिकृत कम्पनीहरुको प्रदर्शन र बजार मनोविज्ञान जस्ता सूचनाहरुले बजारलाई डोहोर्याइरहेको हुन्छ र यस्ता तथ्यहरुले बजारको बढ्ने संकेतलाई सकरात्मक बनाइनसके पनि नकरात्मक नरहेको स्पष्टै छ । 

यसरी नै माथि प्राविधिक क्याण्डल स्टिक चित्रमा देखाएअनुसारको दैनिक र साप्ताहिक चार्टमा देखिएको प्याटर्न प्राविधिक बुलिस गार्टलेले बजारलाई ११०० भन्दा निम्न स्तरतिर नधेकिलिने संकेत सूचकांक ११८१ पुग्दा अझ बलियो बनेको र यो साता पनि लक्ष्य अनुसार नै आफ्नो स्वभाविक चाल निरन्तर रहने नै देखिन्छ भने पछिल्लो साता तयार भएको पोटेन्सियल रिभरर्सल जोन बिन्दु D बाट प्याटर्नको नियमानुसार नै निरन्तर रहेको छ भने यसरी कुनै वाह्य र आधारभूत तथ्य जस्ता कारणले नकारात्मक प्रभावित नभई प्राविधिक गणितलाई उपयोग गर्दै चित्रमा देखाएअनुसारको लक्ष्य प्राप्ति हुने सम्भावना तर्फ उन्मूख छ । जस अनुसार चित्रमा देखाएको ६१.८ प्रतिशतको पहिलो लक्ष्यनजिक पुगेको देख्न सकिन्छ । फेरि दोश्रो लक्ष्य १२७ देखि १६१ प्रतिशतसम्म निरन्तर गर्ने सम्भावना यथावत नै रहिरहेको र लगानीकर्ताले आफ्नो जोखिम न्यूनिकरणका विधिहरु प्रयोग गर्दै खरिद कारोवारलाई निरन्तर गर्न उपयुक्त नै देखिन्छ । 

साप्ताहिक पिभोट र स्वाप सिमाना
प्राविधिक संकेतहरुले पनि सकारात्मक संकेत देखिएसँगै माथि प्याटर्नले देखाएको लक्ष्य पूरा गर्ने क्रममा आउने साताको साप्ताहिक प्राविधिक पिभोट र डिमार्कसको गणितअनुसार आउने साता बजार संकुचित सीमाबाट बाहिर आउने प्रयास स्वरुप धेरै तल आएमा ११५७ देखि कम्तीमा पनि ११९७ बिन्दु भित्र सक्रिय कारोबार रहने अनुमान गर्न सकिन्छ । 

प्राविधिक क्याण्डल र इण्डिकेटरहरुको संकेत
यसरी प्राविधिक गणित अनुसार प्राप्त लक्ष्यलाई छिचोल्न अन्य तल चित्रमा देखिएको अन्य प्राविधिक इण्डिकेटरहरुले पनि समग्रमा बजार खरिददारी गर्ने सीमामा रहेको देखाउँछ । 

Technical Overview Note

प्राविधिक तथ्यांक र संकेतहरुको सारलाई पनि हेरौं: