काठमाण्डौ । एनसीसी बैंकले प्रदेश नं. ३, भक्तपुर जिल्लाको सानोठिमी स्थित सानोठिमी प्राविधिक शिक्षालयलाई रु ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । 

सानोठिमी प्राविधिक शिक्षालयको हाताभित्र रहेको खुल्ला मञ्चमा ट्रष्ट र छाना निर्माण गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरिएको हो । 

उक्त सहयोग रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालबाट न्यूनतम् सुविधाविहीन बालबालिकाहरुका लागि शैक्षिक कार्यक्रम (युसेप नेपाल) द्वारा सञ्चालित सानोठिमी प्राविधिक शिक्षालयका लागि युसेप नेपालका कार्य समितिका उपाध्यक्ष पूर्णभद्र पौडेललाई हस्तान्तरण भएको बैंकले जनाएको छ ।