काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमीटेडले आयोजना प्रभावित र सर्वसाधारणका लागि ८ लाख १५ हजार ४११ कित्ता आइपीओ निश्कासन गर्ने भएको छ । 

यो परियोजनाले आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

परियोजनाले चुक्तापूँजीको १० प्रतिशतले हुन आउने ४ लाख ७ हजार ७०५ कित्ता आयोजना प्रभावितका लागि निश्कासनको अनुमति मागेको छ । आयोजना प्रभावितका लागि प्रतिकित्ता मूल्य १०० प्रस्ताव गरिएको छ । 

तर, सर्वसाधारणका लागि भने आइपीओको मूल्य प्रतिकित्ता १२० रुपैयाँ प्रस्ताव गरिएको छ । सर्वसाधारणका लागि ४ लाख ७ हजार ७०६ कित्ता निश्कासनका लागि आवेदन दिइएको हो । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमीटेड रहेको छ । 

यो कम्पनीले ५ मेगावाट क्षमताको माथिल्लो हुम्दीखोला जलविद्युत आयोजना संचालन गरिरहेको छ ।