काठमाण्डौ । मृत्यु सोचेजस्तै हुन्न । मानिसको शरीरमा अडिएका सास कुन बेला उड्छ पत्तो हुँदैन । कतिपयको मरण साह्रै कष्टपूर्ण हुन्छ भने कतिपयको मरणको खबर सुन्दा समेत ठट्टा गरेको भान पर्नसक्छ । जम्मू कश्मिरकी एक प्रोफेसरको मृत्युको खबरले अहिले विश्वभर तहल्का मच्चाइरहेको छ । 

कश्मिरको दूरदर्शन टेलिभिजनको ‘गुडमर्निङ जे एण्ड के’को लाइभ कार्यक्रममा सहभागी हुने क्रममा प्रोफेसर, प्रसिद्ध लेखिका तथा जम्मू कश्मिर एकेडेमीका पूर्व सचिव समेत रहेकी रीता जितेन्दरले प्राण त्यागेकी हुन् । 

विश्वभर भाइरल भइरहेको भिडियोमा उनले सालीन ढंगले अन्तर्वार्ता दिइरहेको देखिन्छ । उनले आफ्नो जीवन संघर्षको  बिषयमा त्यहाँ बताइरहेकी थिइन् । त्यही क्रममा उनी बीचैमा रोकिएको देखिन्छ । त्यसपछि केही माथि हेर्दै अनौठो आवाजसहित सास फेर्न थालेको देखिन्छ, कतिपयलाई यो आवाज बाँडुल्की लागेजस्तो पनि लाग्न सक्छ । क्षणभरमै उनी लाइभ अन्तर्वार्ताको कुर्सीमै अचेत बनेकी समाचारहरुमा जनाइएको छ ।

सो अन्तर्वार्ताका एंकर जहिद मुख्तरले अन्तर्वार्ताको क्रममा उनको सास रोकिएपछि कार्यक्रम रोकेर तत्काल उनलाई अस्पताल पुर्याइएको बताएका छन् । तर, डाक्टरहरुले उनलाई मृत घोषणा गरेका थिए । 

सो टेलिभिजन शोमा जाने क्रममा प्रोफेसर जितन्दरले आफू आफ्नो मृत्यु भारतका पूर्व राष्टपति एपीजे अब्दूल कलामको जस्तो होस् भन्ने चाहेको भनी बताएकी श्रीनगरकी उनका एंकर हफिजा मुजफरले बताएका छन् । डा. कलामको समेत काम गर्दा गर्दै मृत्यु भएको थियो ।

डा.सलिम तकले हृदयघातका कारण उनको बोल्दा बोल्दै मृत्यु भएको हो । सो टेलिभिजन कार्यक्रममा प्रोड्यूसर तनवीर मिरले दूरदर्शन टेलिभिजनको इतिहासमै अनौठो घटना भएको बताएका छन् । 

लाइभ टेलिभिजनमा रीताले प्राण त्याग्दै गरेको भिडियो बाहिरिएपछि यसले विश्वभर चर्चा पाइरहेको हो । 

भिडियोमा हेर्नुहोस् कसरी रीताले लाइभ कार्यक्रममा प्राण त्यागेकी थिइन्: