काठमाण्डौ । आर्थिक वर्ष २०७२/७३ मा सबैभन्दा बढी खूद नाफा आर्जन गरी टप बैंकको सूचिमा पर्न सफल नेपाल बैंक लिमीटेडले प्लस टु उत्तीर्ण गरेकाहरुका लागि जागिरको अवसर खुलाएको छ । 

बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै प्ल टु उत्तीर्ण गरेकाहरुले आवेदन दिन मिल्ने गरी स्थायी सेवातर्फ कनिष्ठ सहायक पदमा ४७ जना जनशक्ति मागेको हो । 

खुल्लातर्फ २६, महिला ७, आदिवासी जनजाति ६, मधेशी ४, दलित २ र अपांग तथा पिछडिएको क्षेत्रमा १ १ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

बैंकका अनुसार जागिर खान इच्छुकले १५ दिन भित्र आवेदन दिइसक्नुपर्नेछ । लिखित, प्रयोगात्मक तथा अन्तरवार्ता प्रणालीबाट परीक्षा सञ्चालन हुने छ ।

१८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको पुरुष तथा ४० ननाघेको महिलाले यो पदमा दरखास्त दिनसक्नेछन् । बैंकले परीक्षा शुल्क ५ सय, दरखास्त शुल्क १ सय र समावेशी समूहका लागि १०० रुपैयाँ शुल्क तोकेको छ । 

दरखास्त फारम नेपाल बैंकको वेबसाइटबाट पनि डाउनलोड गरेर भर्न सकिने, तर बुझाउन चाहि बैंकको धर्मपथ, काठमाण्डौस्थित प्रधान कार्यालयमै पुग्नुपर्ने छ । बैंकले सबै परीक्षामा उत्तीर्ण भएकाहरुलाई ६ महिना परीक्षणकालमा राख्नेछ । 

बैंकको सूचना हेर्न तलको फोटोमा क्लिक गर्नुहोस् ।