काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई बम्पर लाभांश वितरणको घोषणा गरेको छ । 

शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित एक सूचना अनुसार आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट फरवार्डले ५० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

पुस २७ गते  बसेको कम्पनीको बोर्ड बैठकले बम्पर लाभांश वितरणको घोषणा गरेको सूचनामा उल्लेख छ ।

यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

हाल यो कम्पनीको चुक्तापूँजी २० करोड रुपैयाँ  रहेको छ । ५० प्रतिशत बोनस सेयर वितरणपछि बढेर ३० करोडको उचाईमा पुग्नेछ ।

यो माइक्रोफाइनान्स कम्पनीले आर्थिक वर्ष २०७३/७४ को असार मसान्तसम्म २५ करोड ६ लाख खूद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनीले ६ करोड ७८ लाख नाफा कमाएको थियो । 

यो कम्पनीको दोश्रो बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३५०५ रुपैयाँ रहेको छ ।