काठमाण्डौ । माघ ९ गतेदेखि फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स बित्तीय संस्थाले खुलाएको ६ करोड मूल्यको ६ लाख कित्ता आइपीओमा लाइन बसेर आवेदन दिनेहरुबाट मात्रै २ दिनको अवधिमा १ अर्ब बढीको आवेदन परेको छ । 

आस्वा प्रणालीमा समेटिएका बैंकहरुमा परेका बाहेक तोकिएका संकलन केन्द्रमा आवेदन दिनेहरुले २ दिनको अवधिमा १ अर्ब बढीको प्रस्ताव पेश गरेका हुन् । 

बिक्री प्रबन्धकको काम गरिरहेको नबील इन्भेष्टमेन्ट बैकिंगका एक अधिकारीका अनुसार २ दिनको अवधिमा साबिकको आवेदन प्रणालीबाट आइपीओमा आएका आवेदनको संख्या १० हजार बढी पुुगेको छ । 

फरवार्डको आइपीओमा आवेदन दिने अन्तिम दिन भोलि अर्थात माघ १२ गते हो । ११ र १२ गतेको तथ्यांक तथा आस्वामा परेको आवेदन समेत जोड्दा फरवार्डको आइपीओमा निकै धेरै आवेदन पर्नसक्ने देखिएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजारसम्मका लागि आवेदन दिन सक्नेछन् । 

नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडले फरवार्डको आइपीओमा बिक्री प्रबन्धकको भूमिका निर्वाह गरिरहेको छ । 

कम्पनीले ३० हजार कित्ता सेयर आफ्ना कर्मचारीका लागि, ३० हजार कित्ता अस्तित्वमा रहेका १० वटा म्युुचुुअल फण्डका लागि र बाँकी ५ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । 

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोर प्लसको रेटिंग प्रदान गरेको छ । 

यो माइक्रो फाइनान्सको चुक्तापूँजी १४ करोड रुपैयाँ रहेको छ । आइपीओपछि चुक्तापूँजी २० करोड रुपैयाँ पुुग्नेछ । आइपीओपछि संस्थापक र साधारण सेयरको संरचना अनुपात ७०स् ३० मा रुपान्तरण हुनेछ । यो कम्पनीको जारी पूँजी २० करोड र अधिकृत पूँजी ४० करोड रुपैयाँ रहेको छ । 

यो माइक्रो फाइनान्स कम्पनीले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड १५ लाख खूद नाफा आर्जन गरेको थियो । जगेडा कोषमा ४१ करोड ८८ लाख रुपैयाँ रहेको छ । 

आइपीओमा आवेदन दिनका लागि आस्वाको अनुमति पाएका ३० वटा वाणिज्य तथा विकास बैंक तथा निम्न संकलन केन्द्रमा जान सकिनेछ :

१. फरवार्डका केन्द्रीय कार्यालय दुहबी सुनसरी, सम्पर्क कार्यालय सिंनामंगल काठमाण्डौ लगायत, शाखा कार्यालयहरु क्रमशः झौखेल भक्तपुर, उग्रचण्डी नाला काभ्रे, बिराटनगर मोरङ, बेलबारी मोरङ, हातिमुडा मोरङ, रंगेली मोरङ, उर्लाबारी मोरङ, ईनरुवा सुनसरी, धरान सुनसरी, खनार सुनसरी, धनकुटा धनकुटा, बसन्तपुर तेह्रथुम, खाँंदबारी संखुवासभा, भोजपुर भोजपुर, विर्तामोड झापा, दुधे झापा, इलाम इलाम, फिदिम पाँंचथर, ताप्लेजुङ ताप्लेजुङ, फत्तेपुर सप्तरी, गाईघाट उदयपुर, कटारी उदयपुर, मिर्चैया सिराहा, बर्दिबास महोतरी, मलगंवा सर्लाही, चन्द्रपुर रौतहट, कलैया बारा, सिर्सिया पर्सा, गोपीगञ्ज नवलपरासी, धकधई रुपन्देही, चन्द्रोटा कपिलवस्तु, सोनपुर दाङ, नेपालगञ्ज बाँके, सानोश्री बर्दिया, सडकपुर कैलाली, धनगढी कैलाली र महेन्दनगर कञ्चनपुर ।
सम्पर्क: कृष्ण भट्टराई, ०२५.५४००१८

२.नबिल ईन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड, नक्साल काठमाण्डौ । सम्पर्क व्यक्ति र नम्बर : राजीव गुप्ता, ४४११६०४

३.एभरेष्ट बैंक लिमिटेडको शाखा कार्यालयहरु काठमाण्डौ उपत्यकाभित्र न्युरोड, नयाँंबानेश्वर काठमाण्डौ, पुल्चोक ललितपुर, भक्तपुर भक्तपुर, काठमाण्डौ उपत्यका बाहिर पोखरा, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, चितवन, बुटवल । सम्पर्क व्यक्ति र नम्बर : रघुनाथ प्रधान, ४४४३३७७