काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तीय संस्थाले आर्थिक वर्ष २०७३/७४ मा २५ करोड बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा यो कम्पनीको नाफा ४५ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष यही अवधिमा फरवार्डको नाफा १७ करोड ३० लाखमा सीमित थियो । 

व्यवसाय बिस्तारमा आफूलाई सुधार गरेका कारण फरवार्डको खूद ब्याज आम्दानी ६५ करोड ७४ लाखको उचाईमा पुुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४९ करोड २६ लाख मात्र थियो । 

अघिल्लो वर्ष २७ करोड ११ लाख रहेको संचालन मुनाफा बढेर यो वर्ष ३७ करोड २१ लख पुुगेको छ । 

यो अवधिमा फरवार्डले संभावित जोखिम बापत व्यवस्थाबाट २ करोड १७ लाख फिर्ता ल्याएको छ।

फरवार्डको कर्मचारी खर्च डरलाग्दो गरी बढेको छ । अघिल्लो वर्षसम्म १२ करोड २६ लाखमा सीमित यस्तो खर्च बढेर समीक्षा अवधिमा २० करोड ६३ लाखको उचाईमा पुुगेको छ । 

यो अवधिमा फरवार्डले ३ अर्ब ४३ करोड सापटी लिई तथा २ अर्ब ३८ करोड निक्षेप संकलन गरी ६ अर्ब १५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यो माइक्रोफाइनान्सले २ अर्ब ७८ करोड सापटी लिई तथा १ अर्ब ८३ करोड निक्षेप संकलन गरी ४ अर्ब २८ करोड कर्जा परिचालन गरेको थियो । 

फरवार्डले जगेडा कोषलाई समेत थप मजबुत बनाएको छ । अघिल्लो वर्षसम्म ३४ करोड ६८ लाखमा सीमित जगेडाकोषमा समीक्षा अवधिको अन्तसम्म ५९ करोड ९७ लाख सञ्चित भएको छ।

हाल यो कम्पनीको चुक्तापूँजी २० करोड रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा फरवार्डको प्रतिसेयर आम्दानी १२५.३४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २७४.५४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२५.३४ गुणा कायम भएको छ ।