काठमाण्डौ । लघुवित्त कम्पनीहरुमध्ये बजारको हटकेक फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले लगानीकर्तालाई लाभांशको डबल धमाका प्रस्ताव गरेको छ । 

यो माइक्रोफाइनान्स कम्पनीको मंसिर २२ गते बसेको संचालक समितिको ७५ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी ३० करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि कम्पनीको चुक्तापूँजी ३८ करोडको हाराहारीमा पुग्नेछ । 

संचालक समितिबाट भएको निर्णय नियामक नेपाल राष्ट्रबंैकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।