काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई बम्पर लाभांश दिने प्रस्ताव गरेको छ ।
संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्ता पुँजी ३७ करोड ७६ लाख ७२ हजार रुपैयाँको कुल ४५ प्रतिशतले हुन आउने १६ करोड ९९ लाख ५२ हजार ४०० रुपैयाँबराबर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिले चुक्ता पुँजीको ३२.५० प्रतिशतले हुन आउने १२ करोड २७ लाख ४३ हजार ४०० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै चुक्तापुँजीको १२.५० प्रतिशतले हुन आउने चार करोड ७२ लाख ९ हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
संस्थाले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गर्दै सेयरधनीहरुलाई वितरण गर्ने जनाएको छ ।
9 minutes ago
38 minutes ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
16 hours ago
17 hours ago
17 hours ago