काठमाण्डौ । ललितपुर महानगरपालिकामा कांग्रेसले मत अन्तरलाई केही फराकिलो बनाउँदै अग्रता कायम राखेको छ । 

करिब ३० हजार मत गन्दा यो महानगरमा कांग्रेस उम्मेद्वार चिरिबाबु महर्जनले १४७७५ मत ल्याएका छन् । उनलाई एमालेका हरिकृष्ण व्यञ्जनकारले १३५५२ मतले पछ्याइरहेका छन् । उपमेयरमा पनि कांग्रेस उम्मेद्वारकै अग्रता छ ।