काठमाण्डौ । फर्निचर तथा फर्निसिङ एक्स्पो( फर्नेक्स) आगामी असोज ४ गतेदेखि हुने भएको छ।यसअघि भदौ १४ गतेदेखि हुने भनिएको एक्स्पो बिम्स्टेक सम्मेलन सोही दिनदेखि आयोजना हुने भएपछि पर सारिएकोहो।

एक्स्पोमा सहभागी हुन ९० प्रतिशत स्टल बुकिङ्ग भइसकेको छ । 

एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघकाअनुसार बिम्स्टेक सम्मेलन भदौ १४ गतेदेखि काठमाण्डौंमा हुन लागेकाले फर्नेक्सको मिति परिवर्तन गरिएको हो।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौंथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुँदैछ।

एक्स्पोको टाइटल स्पोन्सर जेम फ्लोरीले गर्ने भएको छ।संघकाअनुसार स्वदेशी तथा विदेशी प्रदर्शकहरुले ९० प्रतिशत स्टल बुकिङ्ग गरिसकेका छन्।

अब भौतिक तयारीको योजना तीव्र बनाईने एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका प्रबन्धनिर्देशक विजयसागर प्रधानले जानकारी दिए।

एक्स्पोको छैठौं संस्करण फर्नेक्स २०१८ लाई होम डेकोर विशेष बनाइने आयोजकको भनाई छ।

बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने विश्वास आयोजकको छ।

५ दिन अर्थात असोज ८ गतेसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टल रहने छन्।

नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ।