काठमाण्डौ । राजधानीको भृकुटीमण्डपमा जारी सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो आज आइतबार समापन हुँदैछ ।

एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका अनुसार शनिबारसम्ममा ६६ हजारभन्दा बढीले एक्सपो अवलोकन गरेका छन्। एक्स्पोमा शनिबारमात्र २४ हजारभन्दा बढीले अवलोकन गरेका छन्।

एक्स्पोमा सुरुदेखि नै अवलोकनकर्ताको भिड लागेको थियो। ‘शुक्रबारसम्ममा ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए। शनिबारमात्र २४ हजारले अवलोकन गरेका छन्। आइतबारसम्ममा ८० हजार बढीले मेला अवलोकन गर्ने अवस्था देखिएको छ’, इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले भने ।

एक्स्पोकै अवसरमा शनिबार प्रदर्शनीस्थलमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको छ । कार्यक्रममा ११५ पिन्ट रगत संकलन भएको फर्नेक्स २०१९ का संयोकज मनीष अग्रवालले बताए । अग्रवालले शनिबार अवलोकनकर्ताको बाक्लो उपस्थितिका साथै रक्तदाताको सक्रिय सहभागिताले आफुहरु उत्साहित बनेको अग्रवालले बताए ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा जारी एक्स्पोलाई जेम फ्लोरिङले शिर्ष प्रायोजन गरेको छ । एक्स्पोको मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रा.लि, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर रहेका छन् । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सपोर्ट छ ।

त्यसैगरी यस एक्स्पोलाई नेपाल हस्तकला महासंघ, नेपाल इन्टेरियर डिजाइनर एशोसीएसन र स्पेसेज म्यागजिनको पनि सपोर्ट छ । एक्स्पोको बीमा पार्टनर एभरेष्ट इन्स्योरेन्स रहेको छ ।

एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १२० भन्दा बढी प्रदर्शकहरुको सहभागिता छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण बन्ने विश्वास गरिएको छ ।

यस्तै कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन पनि एक्स्पोको आकर्षण बनेको छ ।

फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा फर्नेक्स मेलाको आयोजना हुँदै आएको छ ।