काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको तुनालमा चालु आर्थिकको दोस्रो त्रैमासमा १८.८५ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ ।

संस्थाको दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले खुद नाफा ६ करोड ६९ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५ करोड ६३ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा संस्थाले सञ्चालन मुनाफा १० करोड ६० लाख रुपैयाँ गरेको छ । जुन अघिल्लो वर्ष सोही अवधिमा ८ करोड ८४ लाख रुपैयाँ थियो ।

संस्थाले खुद ब्याज आम्दानी १० करोड ५८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ९ करोड १२ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा संस्थाले ५ अर्ब ५४ करोड सापटी लिई ५ अर्ब ८४ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा संस्थाले ४ अर्ब ५७ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ६८ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा संस्थाले रिजर्भको आकार १३.९० प्रतिशतले बढाएको छ । गत वर्ष १५ करोड ३० लाख रुपैयाँ रहेको रिजर्भमा समीक्षा अवधिमा १७ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।

यो अवधिमा संस्थाको चुक्तापुँजी ८० करोड ७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा संस्थाको चुक्ता पुँजी ६८ करोड ४३ लाख रुपैयाँ थियो ।

संस्थाको वार्षिक प्रतिसेयर आम्दानी १६.७२ रुपैयाँ रहेको छ भने पीई रेसियो (मूल्य आम्दानी अनुपात) २४.८२ रहेको छ ।